कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दोलखाको शैलुङ प्रमुखमा माओवादीका रिमाल र उपप्रमुखमा एमालेकी कार्की विजयी

केदार शिवाकोटी

दोलखा — दोलखाको शैलुङ गाउँपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रमा रिमालबाबु श्रेष्ठ विजयी बनेका छन् ।

दोलखाको शैलुङ प्रमुखमा माओवादीका रिमाल र उपप्रमुखमा एमालेकी कार्की विजयी

श्रेष्ठले ४ हजार ९ सय १८ मत प्राप्त गरे । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर तामाङले ४ हजार ८ सय ६० मत प्राप्त गरे । श्रेष्ठले तामाङलाई ८८ मतको मतान्तरमा पराजित गरे ।

यस्तै, उप-प्रमुखमा एमालेकी पार्वती थापा कार्की विजयी भइन् । उनले ५ हजार १ सय ३५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दावादार्जे लामाले ४ हजार ७ सय ४१ मत प्राप्त गरे ।

शैलुङका ९ वडा मध्ये नेकपा एमालेले ४ र नेपाली कांग्रेस र माओवादी केन्द्रले समान २/२ वडामा विजयी भए ।

प्रकाशित : जेष्ठ ५, २०७९ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?