कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कपिलवस्तुको मायादेवी गाउँपालिकामा कांग्रेस विजयी

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको मायादेवी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सीमासँग सटेर रहेको गाउँपालिकामा कांग्रेसका वलिउद्दीन मुसलमानले जनता समाजवादी पार्टीका बजरंगी कुर्मीलाई ३ सय ९८ मतान्तरले पराजित गरे ।

कपिलवस्तुको मायादेवी गाउँपालिकामा कांग्रेस विजयी

मुसलमानले ५ हजार २७८ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कुर्मीले ४ हजार ८ सय ८० मत ल्याएका थिए ।

त्यस्तै, उपप्रमुखमा कांग्रेसकै सरस्वती यादव विजयी भएकी छन् । उनी ५ हजार ३७ मत ल्याई विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी रश्मीसुधा त्रिपाठीले ४ हजार ५७८ मत ल्याएकी थिइन् ।

जिल्लाको ४ वटा स्थानीय तहको परिणाम आउँदा कांग्रेसको पहिलो जीत हो । ६ स्थानीय तहको मतगणना भइरहेको छ । यहाँ १० स्थानीय तह छन् ।


प्रकाशित : जेष्ठ ५, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?