कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नारायणकाजीको गृहपालिका सिरानचोकमा कांग्रेस विजयी

हरिराम उप्रेती

गोरखा — गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र गुरुङ र उपप्रमुखमा कांग्रेसकै उम्मेदवार रीता देवकोटा विजयी बनेकी छिन् ।

नारायणकाजीको गृहपालिका सिरानचोकमा कांग्रेस विजयी

गुरुङ ५ हजार ४ सय ३ मत ल्याएर विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत ल्याएर पराजित बने ।

त्यस्तै उपप्रमुखमा विजयी बनेकी कांग्रेस उमेदवार देवकोटाले ४ हजार ८ सय ४ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी पूर्णकुमारी ढकालले ३ हजार ९ सय २ मत ल्याइन् ।

सिरानचोक माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको गृहपालिकासमेत हो । ८ वटा वडा रहेको सिरानचोक गाउँपालिकाको वडा नम्बर १, २, ३ , ४ र ८ वडा नेपाली कांग्रेसले जितेको छ । ५, ६, ७ नम्बर वडा भने माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले जितेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?