कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवादपछि मुसीकोटको मतगणना रोकियो

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिकामा मतपेटिकाबाट मतपत्र निकालेर मिलाउने क्रममा मत संकेत देखिएपछि विवाद उत्पन्न हुँदा मतगणना रोकिएको छ । १३ वटा वडाको मतगणना सकेर अन्तिम वडा १४ नम्बर वडामा मतगणना भएर रोकिएको हो ।

विवादपछि मुसीकोटको मतगणना रोकियो

मत संकेत गरिएका मतपत्र गणना गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद देखिएको छ । यस विषयमा निर्वाचन कर्मचारी र दलका प्रतिनिधिहरीबीच छलफल भइरहेको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले यस विषयमा उम्मेदवार, राजनीतिक दलसँग छलफल भइरहेको जानकारी दिए ।

मत संकेत गरिएको मतपत्र कति छन् र कुन चुनाव चिन्हमा हो भन्ने खुलाइएको छैन । केही मतपत्रमा कागजका टुक्रा राखिएको पाइएको बताइएको छ । यही वडाबाट नै जित र हारको फैसला हुने छ ।

नगरपालिकाका १४ वडामध्ये १३ वटा वडाको मतगणना सकिँदासम्म प्रमुखमा नेकपा माओवादी केन्द्रका वसन्तकुमार शर्मा र उपप्रमुखमा नेकपामा एकीकृत समाजवादीका विमलकुमार पुनले अग्रता लिएका छन् ।

वडा नम्बर १ देखि नै प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपप्रमुखमा नेकपा एमालेका थलविर ओलीसँग पछाडि परेका शर्मा र पुनले वडा नम्बर १२ देखि अग्रता लिएका हुन् । १३ नम्बर वडाको मत गणना सकिँदासम्म प्रमुखमा शर्मा केसीभन्दा १ सय ८० र उपप्रमुखमा पुन ओलीभन्दा ३ सय ६४ मतले अगाडि छन् ।

मुसीकोटमा कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी गरेका छन् । जिल्लाका अरु ५ स्थानीय तहको मतगणना भने सकिसकेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?