कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पोखराको मेयरमा समाजवादीका आचार्यको अग्रता कायमै

उपमेयरमा एमालेकी मञ्जु ९ मतले अगाडि
दीपक परियार

पोखरा — पोखरा महानगरपालिकामा बिहीबार दिउँसो २ बजेसम्म ५२ हजार ८ सय १७ मत गणना गर्दा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले निरन्तर अग्रता बनाइरहेका छन् ।

पोखराको मेयरमा समाजवादीका आचार्यको अग्रता कायमै

गठबन्धनका तर्फबाट उम्मेदवार आचार्यले एमालेका कृष्णबहादुर थापालाई २ हजार ४ सय ९२ मतले पछि पारेका छन् । आचार्यले २१ हजार ८ सय ८० र थापाले १९ हजार ३ सय ८८ मत ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरूङले ९ मतले अग्रता लिएकी छन् । उनको २३ हजार १ सय ३१ मत आउँदा कांग्रेसकी कोपिला रानाभाटले २२ हजार १ सय २२ मत प्राप्त गरेकी छन् । मेयरमा राप्रपाका शंकर खरालले २ हजार ८ सय ६ मत प्राप्त गर्दा अटेरी समूहका स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले १ हजार १ सय ८३ मत ल्याएका छन् ।

हालसम्म एमालेले वडा १, ५ र ६ जितेको छ । कांग्रेसले वडा २, ३, ४, १२, १३, २३, २४, २५ र २६ जितेको छ । हाल वडा ७, ८, ९, १४, २०, २७, २८, २९ र ३० को गणना भइरहेको छ ।

०७४ मा पोखराका ३३ मध्ये एमालेले २२ र कांग्रेसले ११ वटा वडा जितेको थियो । पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकोमा १ लाख ४३ हजार २ सय २६ (६८.९६ प्रतिशत) मत खसेको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७९ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?