पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा एमाले विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — जिल्ला सदरमुकाम कावासोती नगरपालिकामा एमाले विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले दिएको जानकारीअनुसार मेयरमा एमालेका विष्णुप्रसाद भुसाल ३ सय ४ मतान्तरले विजयी भएका हुन् ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा एमाले विजयी

भुसालले १८ हजार ६ सय ८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र पोखरेलले १८ हजार ३ सय ४ ल्याएका छन् । पोखरल यसअघि पनि कावासोती प्रमुखमा पराजित भएका थिए ।

यसैगरी उपमेयरमा एमालेकी फूलकुमारी थनेतले १९ हजार २४ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका पतिराम थनेतले १३ हजार ५ सय ६१ मत पाएका छन् ।

कावासोतीका १७ वडामध्ये १३ वटा एमालेले जितेको छ । नेपाली कांग्रेस ४ वटा वडामा विजयी भएको छ भने माओवादी केन्द्रले एउटा वडा जितेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?