१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको यशोधरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित बनेका हुन् ।

यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अनुपकुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी बिन्द्रावती यादवले ३ हजार २३७ मत प्राप्त गरिन् ।

यशोधरा गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित तीनवटा वडा जितेको छ । ८ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले दुई, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् । जिल्लाको १० मध्ये ३ स्थानीय तहको मात्र परिणाम सार्वजनिक भएको छ । ७ स्थानीय तहको मतगणना भइरहेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?