कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कपिलवस्तुकाे बाणगंगा मेयरमा एमालेका अर्याल निर्वाचित

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको वाणगंगा नगर प्रमुखमा एमालेका चक्रपाणी अर्यालले कांग्रेसका रबिराज आचार्यलाई ६ सय ३९ मतान्तरले पराजित गरेका छन् । अर्यालले १८ हजार ९९९ मत ल्याई विजयी बनेका हुन् ।

कपिलवस्तुकाे बाणगंगा मेयरमा एमालेका अर्याल निर्वाचित

उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले १८ हजार ३६० मत ल्याएका थिए । त्यस्तै उपप्रमुखमा एमालेकै रिताकुमारी चौधरी विजयी भइन् । उनी १९ हजार ३९९ मत ल्याई विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारावती चौधरीले १८ हजार ४६४ मत ल्याएकी थिइन् । जिल्लाको १० मध्ये दुई स्थानीय तहको मात्र परिणाम सार्वजनिक भएको छ । ८ स्थानीय तहको मतगणना भइरहेको छ ।


प्रकाशित : जेष्ठ ५, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?