कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेसकी थापा विजयी

प्रकाश बराल

बागलुङ — बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेसकी गण्डकी अधिकारी थापा विजयी भएकी छिन् । सम्पन्न मत गणनामा थापाले ७ हजार २ सय ७३ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन पाइजाले ५ हजार ७ सय मत ल्याए । विजयी थापा जिल्लामै प्रमुख पदमा पुग्ने पहिलो र एक मात्रै महिला हुन् । थापा कांग्रेस जिल्ला सचिव समेत हुन् । 

बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेसकी थापा विजयी

गत स्थानीय निर्वाचनमा थापा एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी थिइन् । दोस्रो पटक पाइजाका छोरा राजनलाई थापाले पराजित गरिन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भए । वनले ७ हजार १ सय ३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी मिनकुमारी रायमाझीले ५ हजार ७ सय २७ मत पाइन् । वन राजमोको युवा नेता हुन् । गत निर्वाचनमा वन पनि पराजित भएका थिए । बडिगाडका १० वटा वडामध्ये कांग्रेसले ३ वडा जितेको छ । गठबन्धनकै तर्फबाट माओवादीले २ र राजमोले २ वडा जितेको छ । एमालेले ३ वडा जितेको छ ।


प्रकाशित : जेष्ठ ५, २०७९ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?