कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानमा स्थगित भएको मतगणना सुरु

प्रदीप मेन्याङ्बो

सुनसरी — मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको विषयमा उत्पन्न विवादका कारण करिब १५ घण्टा रोकिएको धरानको मतगणना कार्य बिहीबार बिहान साढे नौ बजेदेखि सुरु भएको छ ।

धरानमा स्थगित भएको मतगणना सुरु

विवाद भएको वडा नं. २० लाई तत्कालका लागि थाति राखेर अन्य वडाको गणना कार्यलाई निरन्तरता दिने राजनीतिक दलहरूबीच सहमति जुटेपछि गणना कार्य सुरु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले वडा नं. ८, १२ र १९ को मतगणना भइरहेको छ । बुधबार दिउँसो मतगणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षरबिना वडा नं. २० को मतपेटिकामा १८ वटा मतपत्र भेटिएपछि विवाद भएको थियो । उक्त मतपत्र बदर भएको छ । माओवादी केन्द्रले पुनः गणना गर्न माग राखेको थियो ।

बुधबार राति मतदान अधिकृतले माओवादी केन्द्रको प्रतिनिधिबिना गणना सुरु गर्ने तयारी गरेपछि करिब १० बजेतिर पुनः विवाद भएको थियो । माओवादी र एमालेका कार्यकर्ताबीच मतगणना भइरहेको भवनमै चर्काचर्की भएको थियो । तनावका बीच बसेको बैठकमा वडा २० को मतगणना थाती राखेर बिहीबार बिहान ८ बजेदेखि अन्य वडाको मतगणना सुरु गर्नेमा दलहरू सहमति भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?