१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बझाङको खप्तडछान्ना गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

वसन्तप्रताप सिंह

काठमाडौँ — बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उत्तमकुमार रोकाया र उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु थापा निर्वाचित भएका छन् । बहुमत वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धन उम्मेदवार विजयी भएका हुन् । खप्तडछान्नामा कांग्रेस एमालेबीच चुनावी गठबन्धन भएको थियो ।

बझाङको खप्तडछान्ना गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

नवनिर्वाचित अध्यक्ष रोकायाले ३ हजार १ सय ४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लोकेन्द्रबहादुर सिंहले २ हजार ७ सय ३८ मत मात्र प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा निर्वाचित थापाले ३ हजार २ सय ३२ मत प्राप्त गरेका छन् । उनको प्रतिस्पर्धी देवकी जोशीले २ हजार ३ सय ३ मत पाएको निर्वाचन अधिकृत खगेन्द्रबहादुर सिंहले जानकारी दिए ।

गाउँपालिका १ मा एकीकृत समाजवादीका देविभक्त जोशी, २ मा माओवादी केन्द्रका ज्योतिप्रकाश बोगटी, ३ मा कांग्रेसकी गौरी अधिकारी र ४ मा एमालेका ईश्वर रोकाया निर्वाचित भएका छन् ।

त्यस्तै वडा नम्बर ५ मा एमालेका रामबहादुर सिंह, ६ एमालेकै तेज खड्का र ७ मा कांग्रेसका रमानन्द जोशी वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?