सर्लाहीको लालबन्दीमा कांग्रेसका अधिकारी चुनिए मेयर
सर्लाही — सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मेयर र उपमेयर दुवैमा जित हासिल गरेका छन् । निर्वाचन आयोगका अनुसार मेयरमा कांग्रेसका उम्मेदवार वासुदेव अधिकारी ९ हजार ५ सय ६१ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गोविन्दबहादुर महतलाई १ हजार ६ सय ७८ मतान्तरले पराजित गरेका हुन् । महतले ७ हजार ८ सय ८३ मत ल्याए । यस्तै उपमेयरमा कांग्रेसकी कल्पनामाया पाख्रिनले ८ हजार ८ सय ५० मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सन्सरीमाया थिङले ८ हजार १ सय ५९ मत प्राप्त गरिन् ।
प्रतिक्रिया