जुम्ला गुठीचौर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बुढा निर्वाचित

एलपी देवकोटा

जुम्ला — गुठीचौर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दानबहादुर बुढा निर्वाचित भएका छन् । कर्णाली प्रदेशका सांसद एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्रीका बुवा निवर्तमान अध्यक्ष हरिबहादुर भण्डारीलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा बुढा निर्वाचित भएका हुन् ।

जुम्ला गुठीचौर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बुढा निर्वाचित

बुढाले १ हजार ७ सय ७५ मत ल्याए भने नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवारले जनक थकालीले १ हजार ६ सय २ मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर भण्डारीले १ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार शान्तिकुमारी मल्ल भण्डारी विजयी भएकी छन् । उनले १ हजार ५ सय ३ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी माओवादीकी राजकन्या बुढाले १ हजार २ सय १४ मत ल्याएकी छन् ।

जुम्ला जिल्लाकै कम्युनिस्टहरूको किल्लाको रूपमा रहेको गुठीचौर गाउँपालिकामा दुई वडाअध्यक्षसहित पालिका अध्यक्ष कांग्रेसका उम्मेदवारले जितेका हुन् । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका एक उम्मेदवार पनि निर्वाचित भएका थिएनन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?