कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मुगुको सोरु गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एकीकृत समाजवादीका अध्यक्ष उम्मेदवार धर्मबहादुर शाहीले ४ हजार ५५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डिल्लीप्रसाद भट्टले १ हजार ८ सय ८९ मत प्राप्त गरे । एमालेका भट्टसँग एकीकृत समाजवादीका शाहीले २ हजार १ सय ६६ मतान्तरले जित हासिल गरेका हुन् । 

मुगुको सोरु गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी

उपाध्यक्षमा निर्वाचित कांग्रेसका उम्मेदवार केशरबहादुर शाहीले ४ हजार २ सय ३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी डिलकली शाहीले ९ सय ६८ मत प्राप्त गरेकी थिइन् । सोरु गाउँपालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीले गठबन्धन गरेका थिए ।

एकीकृत समाजवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष र माओवादी केन्द्रलाई ५ वडा अध्यक्षको भागबण्डा गरी गठबन्धन भएको थियो । मुगुको चार वटा स्थानीय तहहरूको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?