सुरुङ्गा नगरपालिकाको मेयरमा कांग्रेस विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

सुरुङ्गा नगरपालिकाको मेयरमा कांग्रेस विजयी

अवधेशकुमार झा

राजविराज — सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएकी गीता चौधरी विजयी भएकी छन् । चौधरीले ७ हजार २ सय ९२ मत प्राप्त गरी आगामी कार्यकालको लागि सुरुङ्गा नगरपालिकाको मेयर चुनिएकी हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार २ सय १७ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका रुद्रबहादुर कार्की निर्वाचित भएका छन् ।

उनले ६ हजार २ सय ७५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका सुनिताकुमारी मुखियाले ३ हजार ९ सय ९८ मत प्राप्त गरे ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जसपाका यादव निर्वाचित

अवधेशकुमार झा

राजविराज — सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उमेशप्रसाद यादव निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष कांग्रेसका लिलाम्बर यादवलाई ३ सय ५३ मत अन्तरले पराजित गर्दै जसपाका यादव निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी रेणुकुमारी यादव निर्वाचित भएकी छन् ।

यादवले ३ हजार १ सय ६४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका लिलाम्बर यादवले २ हजार ८ सय ११ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकी रेणुकुमारी यादवले ३ हजार ३ सय ६५ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिस्पर्धी जसपाकी उषाकुमारी साहले ३ हजार ४६ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×