हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

डम्बरसिं राई

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेययरमा विमला राई र उपमेयरमा रमेशकुमार राउत विजयी भएका हुन् ।

राईले ६ हजार तीन सय १७ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका खडेन्द्र राईले पाँच हजार नौ सय ६६ मत ल्याएका छन् ।

उपमेयरमा विजयी राउतले पाँच हजार नौ सय ३४ र उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अमेम्बर राईले पाँच हजार छ सय ६१ मत ल्याएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दल विजयी

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका तीर्थराज भट्टराई र उपमेयरमा माओवादीका विशन राई विजयी भएका छन् ।

भट्टराईले ११ हजार तीन सय ८९ मत र राईले १० हजार चार सय ३८ मत ल्याएर विजयी भएका हुन् । भट्टराईका निकटतम प्रतिस्पर्धी एमालेका कुमार आचार्यले ६ हजार नौ सय ९६ मत ल्याएका छन् ।

उपमेयरमा पराजित भएकी एमालेकी विणोदवी राईले सात हजार तीन सय १९ मत ल्याइन् । २०७४ को निर्वाचनमा भने विणादेवी उपमेयरमा निर्वाचित भएकी थिइन् ।

यसैबीच नगरका बहुमत वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए । वडा नं २ सोल्मा, ४ खाल्ले, ६ नेर्पा, ९ निर्मलीडाँडा, ११ खार्मी, १२ जालपा र १३ नुनथलामा माओवादीले प्यानल नै जितेको छ ।

कांग्रेसले वडा नं १ दिक्तेल, ५ लफ्याङ, ७ दोर्पाचिउरीडाँडा र १५ विजयखर्क तथा एमालेले वडा नं ३ बाम्राङ, ८ बुवालुङ र १४ बुइपामा प्यान लै जितेको छ । वडा नं १० पाथेकामा माओवादी र जनता समाजवादीको गठबन्धनमा जनता समाजवादीका उम्मेदवारले अध्यक्ष जितेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×