कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कांग्रेसको पकड क्षेत्रमा, नागरिक उन्मुक्ति पार्टीको जित

मोहन बुडाऐर

धनगढी — कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । उनले  ४ हजार ९ सय ३ मत प्राप्त गरी नेपाली कांग्रेसका बन्सराम बडायकलाई १ हजार ५ सय ३५ को मतान्तरमा विजयी भएका छन् ।

कांग्रेसको पकड क्षेत्रमा, नागरिक उन्मुक्ति पार्टीको जित

अध्यक्षमा पराजित कांग्रेसका बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा नागरिक उन्मुक्ती पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन् । उनले ४ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन् । उनक निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजा ९ सय ६१ मत प्राप्त गरेका छन् ।

थारु बाहूल्य जनसंख्या भएको क्षेत्रमा कांग्रेसको पकड क्षेत्रको रुपमा चिनिएको जोशीपुरमा नागरिक उन्मुक्ती पार्टीको पहिलो जित हो । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । त्यसबेला कांग्रेस जितेका २ स्थानीय तहमध्ये एउटा जोशीपुर थियो । अर्को धनगढी उपमहानगरपालिका रहेको थियो । यसपटक आफ्नो दुवै पकड क्षेत्रलाई कांग्रेसले गुमाउँदै छ । धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार फराकिलो मतान्तरमा अग्रता लिएका छन् ।

जोशीपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भीमबहादुर बमले ३ हजार १ सय ८९ प्राप्त गरेको छ भने एमालेका उम्मेदवार केशरबहादुर डगौरा १ हजार २ सय ९६ मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?