२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कञ्चनपुरको बेदकोटमा प्रमुख, उपप्रमुखमा कांग्रेस विजयी

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा भोजराज बोहरा र उपप्रमुखमा तुलसीदेवी जोशी निर्वाचित भएका हुन् । बोहराले ८ हजार ७८ मत प्राप्त गर्दै जीत हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीला सिंहले ४ हजार ७४० मत प्राप्त गरिन् । एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ मत प्राप्त गरे । 

कञ्चनपुरको बेदकोटमा प्रमुख, उपप्रमुखमा कांग्रेस विजयी

यसैगरी उपप्रमुखमा निर्वाचित जोशीले ७ हजार २५४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत प्राप्त गरिन् । माओवादी केन्द्रकी हिरा जैशीले ३ हजार ६५२ मत प्राप्त गरिन् ।




प्रकाशित : जेष्ठ ५, २०७९ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?