२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

वडाध्यक्षमा महिला

हेटौंडा — स्थानीय तहको निर्वाचनमा अहिलेसम्म मकवानपुर र काभ्रेमा गरी तीन महिला वडाध्यक्षमा निर्वाचित भएका छन । मकवानपुरमा २ र काभ्रेमा एक महिला वडाध्यक्षमा चुनिएका हुन् । मकवानपुरमा हालसम्म परिणाम सार्वजनिक भएका ८१ वडामध्ये २ वटा वडामा महिला अध्यक्ष निर्वाचित भए । 

वडाध्यक्षमा महिला

मकवानपुरको बकैया–५ मा लक्ष्मी जिम्बा र बकैया–१० मा कमलाकुमारी वाइवा वडाध्यक्षमा निर्वाचित भएका हुन् । जिम्बाले एमालेका लालबहादुर जिम्बालाई २ सय ७८ मतले जितेकी छन् भने वाइवाले एमालेका कमलकुमार घलानलाई २ सय ५४ मतले जितिन् । दुवै कांग्रेसका उम्मेदवार हुन् । मकवानपुरका १० पालिकामा एक सय २ वटा वडा छन् ।

यस्तै, काभ्रेमा पहिलो पटक वडाध्यक्षमा महिला निर्वाचित भएकी छन् । बनेपा–८ मा कांग्रेस उम्मेदवार शुभलक्ष्मी मानन्धर विजयी भएकी हुन् । नेपाल महिला संघ काभ्रेकी अध्यक्ष रहेकी मानन्धरले १ हजार ४ सय ४५ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका श्यामकाजी मानन्धरले १ हजार ४६ मत ल्याए । मानन्धर हालै शिक्षकबाट राजीनामा दिएर उम्मेदवार बनेकी थिइन् । काभ्रेका १ सय ३५ मध्ये ११ वडाध्यक्षमा महिला उम्मेदवार प्रतिस्पर्धामा थिए ।

तनहुँमा दुई

तनहुँका दुई वडामा महिला अध्यक्ष निर्वाचित भएका छन् । भानु नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसकी कान्छीमाया तामाङ र आँबुखैरेनी गाउँपालिका–४ मा कांग्रेसकै मिलन भुजेल निर्वाचित भएका हुन् । तामाङले ६ सय ७२ मत ल्याएकी छन् भने प्रतिस्पर्धी एमालेका प्रेमबहादुर लामाले ४ सय ६८ मत ल्याए ।

त्यस्तै, भुजेलले ४ सय ३३ र माओवादी केन्द्रका नेत्रबहादुर मगरले २ सय १९ मत ल्याएका छन् । ०७४ को स्थानीय निर्वाचनमा जिल्लाका ८५ वडामध्ये ऋषिङ गाउँपालिका–८ मा कांग्रेसकी भविसरा आले एकमात्र महिला वडाध्यक्ष निर्वाचित भएकी थिइन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?