कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पर्वतको कुश्मा नगरपालिकामा कांग्रेसका जोशी निर्वाचित

अगन्धर तिवारी

पर्वत — पर्वतको कुश्मा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामचन्द्र जोशी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । जोशी ९ हजार ८६४ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार गणेश शर्मा पौडेललाई ७७५ मतान्तरले पराजित गरेका हुन् । पराजित गणेश शर्मा पौडेलले ९ हजार ०८९ मत ल्याएका छन् । जोशी नेपाली कांग्रेसको गण्डकी प्रदेशका सहमहामन्त्रीसमेत हुन् ।

पर्वतको कुश्मा नगरपालिकामा कांग्रेसका जोशी निर्वाचित

उपप्रमुखमा भने नेकपा एमलेकी स्वस्थानी रिजाल निर्वाचित भइन् । रिजालले ९ हजार ०९२ मत ल्याएर विजयी हुँदा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादीका शंकर गिरीले ८ हजार २८२ मत ल्याए । १४ वडा रहेको कुश्मामा ८ वडामा कांग्रेसका उम्मेदवार विजयी भए । ५ वडामा नेकपा एमाले र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भए ।

वडा नम्वर १, २, ४, ५, ७, ८, ९ र १४ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडा नम्वर ३, ६, १०, ११ र १३ मा एमालेले जितेको छ । एमालेले अघिल्लोपटकको निर्वाचनमा जितेका वडा नम्बर १, ७, १२ र १४ गुमायो ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?