पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा एमाले विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा एमाले विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — मध्यबिन्दु नगरपालिकाको मेयर र उपमेयरमा बहुमतसहित एमाले विजयी भएको छ । मेयरमा भीमलाल अधिकारीले १६ हजार २ सय १२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्य गुरुङले १४ हजार ६ सय ४५ ल्याएका छन् ।

त्यसैगरी उपमेयरमा निर्वाचित एमालेकी पूर्णकला चौधरीले १६ हजार १ सय ५ ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी १४ हजार ५ सय ६४ मत पाएकी हुन् ।

मध्यबिन्दुमा एमालेले १० वटा वडा र कांग्रेसले ५ वटा वडामा विजय प्राप्त गरेका छन् । मध्यबिन्दुमा यसअघि २०७४ सालको निर्वाचनमा मेयर र उपमेयरमा बहुमतसहित नेपाली कांग्रेस विजयी भएको थियो ।


प्रकाशित : जेष्ठ ५, २०७९ ०३:०१
प्रतिक्रिया
पठाउनुहोस्

कावासोतीमा मतगणना गर्न माग गर्दै एमालेको नारावाजी

नारायण शर्मा

पूर्वी नवलपरासी — नेकपा एमालेले कावासोती नगरपालिकामा रोकिएको मतगणना सुरु गर्न माग गर्दै निर्वाचन कार्यालय अगाडि नारावाजी गरेको छ । एमालेका नेता कार्यकर्ताले मत ‘गणना सुरु गर, नागरिकको मतको सम्मान गर’ भन्दै नाराबाजी गरेका छन् । 

वडा नम्बर १२ मा दलीय प्रतिनिधि र निर्वाचनका कर्मचारीले टिपेको मतसंख्या फरक परेको बिषयमा बिवाद बढदै गएपछि गएराति ११ बजेवाट कावासोतीको मत गणना रोकिएको छ ।

कांग्रेसका मेयरका उम्मेदवार महेन्द्र पोख्रेल सहितले मतगणनामा कर्मचारीले मनपरी गरेको आरोप लगाउँदै मतगणना रोक्न माग गरेका थिए । त्यसैको आधारमा निर्वाचन कार्यालयले मतगणना रोकेको छ । कावासोतीमा वडा नम्बर ८, ९, १० र ११ को मत गणना गर्न बाँकी रहेको छ । अन्य वडामा गरिएको मतगणनामा एमालेले बहुमतसहित अग्रता लिइरहेको छ । कांग्रेस हार्दै गएपछि मतगणना रोकेको एमालेको आरोप छ ।

मतगणनाको काम निर्वाचन निर्देशिका अनुसार नै भइरहेको र कुनै गडबढ नभएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताए । उनले निबेदन आएको जानकारी दिँदै त्यो निबेदन आयोगलाई पठाइसकेको जानकारी दिए । कावासोतीमा कांग्रेस मेयर, उपमेयर सहित फराकिलो मतान्तरले पछि परेको छ ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दलहरुका प्रतिनिधिसँग छलफल गराएर पुनःगणना सूचारु गरिने बताए ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×