माेरङकाे बुढीगंगा गाउँपालिकामा कांग्रेस विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माेरङकाे बुढीगंगा गाउँपालिकामा कांग्रेस विजयी

देवनारायण साह

मोरङ — मोरङको बुढीगंगा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका जितनारायण थापा मगर र उपाध्यक्षमा कांग्रेसकै निवर्तमान उपाध्यक्ष अमृताकुमारी गच्छदार निर्वाचित भएकी हुन् ।

थापाले एमालेका उम्मेदवार बलभद्र सरदार थारूलाई ४ सय १९ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुढीगंगा गाउँपालिकाका निर्वाचन अधिकृत मणािराम पाेखरेलका अनुसार अध्यक्षमा गाउँपालिकाले ८ हजार २ सय ९९ मत र गच्छदारले उपाध्यक्षमा ९ हजार ५० मत ल्याएर निर्वाचित भएका हुन् ।

थापाका निकटतम प्रतिद्वन्द्वी निवर्तमान थारूले ७ हजार ८ सय ८० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गच्छदारकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसी कुमारी कुँवरले ६ हजार २ सय २३ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फाेरम (लाेकतान्त्रिक)का बालचन्द्र माझीले अध्यक्षमा ५ हजार ३ सय ७२ र उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष गच्छदारले तत्कालीन मधेसी जनअधिकार फाेरम (लाेकतान्त्रिक) बाट ४ हजार ९ सय ७२ मत ल्याएर जितेका थिए ।

७ वटा वडा रहेको बुढीगंगामा कांग्रेसले वडा नम्बरहरू १, २, ३, ४ र ६, माओवादी केन्द्रले वडा ५ र एमालेले वडा नम्बर ७ काे अध्यक्ष जितेकाे छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०२:३९
प्रतिक्रिया
पठाउनुहोस्

माेरङकाे जहदा गाउँपालिकामा कांग्रेस विजयी

देवनारायण साह

मोरङ — मोरङको जहदा गाउँपालिका अध्यक्षमा कांग्रेसका जितेन्द्रप्रसाद साह र उपाध्यक्षमा कांग्रेसकी हन्ना साेरेन निर्वाचित भएका छन् ।

साहले निवर्तमान अध्यक्ष जनता समाजवादी पार्टी(जसपा)का कैलासप्रसाद मण्डललाई २ हजार ४ सय ५३ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

जहदा गाउँपालिकाका निर्वाचन अधिकृत पदमप्रसाद वस्तीका अनुसार अध्यक्षमा साहले ६ हजार ५ सय १ मत र साेरेनले उपाध्यक्षमा ५ हजार ५ सय ४५ मत ल्याएर निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष मण्डलले ४ हजार ४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा साेरेनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गुलाब कुमारी महताेले ३ हजार ५ सय १२ मत प्राप्त गरिन् । गाउँपालिकाका निवर्तमान उपाध्यक्ष जसपाकी शालाे साहले ३ हजार १ सय ३५ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फाेरम र हाल जसपाका कैलासप्रसाद मण्डलले अध्यक्षमा ५ हजार ४९ र उपाध्यक्षमा संघीय समाजवादी फाेरमकी शालाे साहले ४ हजार ४ सय मत ल्याएर जितेका थिए ।

७ वटा वडा रहेको जहदामा कांग्रेसले वडा नम्बरहरू १, ४, ५ र ७, माओवादी केन्द्रले वडा ६ र जसपाले वडा नम्बरहरू २ र ३ काे अध्यक्ष जितेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×