३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रामेछापको दोरम्बा शैलुङमा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको दोरम्बा शैलुङ गाउॅपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मैनकुमार मोक्तान निर्वाचित भएका छन् । मोक्तान एमालेका टंकप्रसाद चौलागाईंलाई  झिनो मतान्तरले पराजित गरी विजय भएका हुन् । बुधबार राति सम्पन्न भएको मतगणनाअनुसार मोक्तानले ६ हजार २ सय ७० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका टंकप्रसाद चौलागाईंले ६ हजार १ सय ५० मत प्राप्त गरेका थिए । 

रामेछापको दोरम्बा शैलुङमा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

उपाध्यक्षमा कांग्रेसकी खमला थापामगर ६ हजार ७ सय ८१ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी मुना कँडेल थापाले ५ हजार ३ सय १० मत पाएकी थिइन् । माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।

यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्षसहित अधिकांश पदमा आफ्ना उम्मेदवारलाई विजयी गराएको माओवादी केन्द्रले यो पटक २ वटा वडा र उपाध्यक्ष कांग्रेसलाई दिएर निर्वाचनमा होमिएको थियो । गठबन्धन गर्दा पनि एमालेले २ वटा वडामा निर्वाचन जितेको छ ।

गाउँपालिकामा निर्वाचिन मोक्तान माओवादीको भूमिगतकालदेखिका संघर्षशील व्यक्ति हुन् । उनले पार्टी राजनीति र जनसेना दुवैतर्फ रहेर भूमिगत अवस्थामा काम गरेका थिए । रामेछापको लखनपुर घर भएका मोक्तानले माओवादी रामेछापका जिल्ला ईन्चार्ज, अध्यक्ष, सचिवलगायतका पदमा रहेर काम गरिसकेका छन् ।

त्यसैगरी कांग्रेसको प्रदेश महाधिवेश प्रतिनिधि रहेकी उपाध्यक्षमा निर्वाचित खमला थापामगर अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित भएकी थिइन् । माओवादीले दोरम्बा शैलुङलाई युद्ध भूमिको रुपमा लिन्छ । यसअघि दोरम्बा र सुनापति गाउँपालिकाको अधिकांश पदमा नेतृत्व लिएको माओवादीले यो निर्वाचनमा केही सिट गुमाए पनि मुख्य नेतृत्व भने अरु पार्टीलाई लान दिएन ।

प्रकाशित : जेष्ठ ४, २०७९ २३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?