कपिलवस्तुमा जसपाको पहिलो जित- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा जसपाको पहिलो जित

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको पहिलो परिणाम जसपाको पक्षमा गएको छ । सदरमुकाम तौलिहवा रहेको जिल्लाकै पुरानो कपिलवस्तु नगरपालिका नगर प्रमुखमा सुदीप पौडेल ३ हजार १ सय २४ मतान्तरले विजयी भएका छन् । उनले ११ हजार ९०६ मत ल्याई विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेशकुमार गुप्तले ८ हजार ७ सय ८२ मत ल्याएका थिए । त्यस्तै, उपप्रमुखमा जसपाकै सुनिता गुप्ता विजयी भएकी छन् । उनले ९ हजार ५ सय ७० मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसादेवी पाण्डेले ९ हजार ३ सय ७९ मत ल्याएकी छन् । जिल्लाको १० स्थानीय तहमध्ये ९ स्थानीय तहको मत गणना भइरहेको छ ।


प्रकाशित : जेष्ठ ४, २०७९ २३:२२
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीमा विश्व शान्तिको प्रार्थना [फोटोफिचर]

मनोज पौडेल

काठमाडौँ — लुम्बिनी जेठ २ गते । आकर्षक रुपमा सिँगारिएको लुम्बिनीमा सोमबार विभिन्न कार्यक्रम गरी भव्य रुपमा बुद्धजयन्ती मनाइँदै छ । २५६६ औं बुद्धजयन्तीको अवसरमा यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासकहरू आएका छन् ।

यस अवसरमा सोमबार बिहानै ७ बजे मायादेवी मन्दिरमा पूजापाठ र विश्व शान्तिका लगि प्रार्थना गरिएको थियो । यससँगै बुद्धजयन्तीका दिन वैशाख पूर्णिमामा लुम्बिनीमा निकै भीडभाड बढेको छ । स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी भरिभराउ छ ।

बिहानदेखि नै लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शन गर्ने दर्शनार्थीको उस्तै घुइँचो लागेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भनेपछि उक्त कार्यक्रम अवलोकन गर्न पनि धेरै जना उपस्थित थिए । मोदीको सुरक्षाका लागि बिहान ८ देखि ११ बजेसम्म मायादेवी मन्दिर बन्द गरिएको थियो । उनी ५ घण्टाका लागि लुम्बिनी आएका हुन् ।


प्रकाशित : जेष्ठ २, २०७९ १४:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×