१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रामेछापको लिखु तामाकोसीमा अध्यक्ष कांग्रेस, उपाध्यक्षमा एमाले

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको लिखु तामाकोसी गाउँपालिकाको प्रमुखमा कांग्रेसका केशव महत विजयी भएका छन् । महतले एमालेका कमलप्रसाद कडरीयालाई पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महतले ५ हजार १ सय १२ मत प्राप्त गरी विजय हुँदा उनका निकटतम प्रतिस्पर्धी कडरीयाले ४ हजार ८ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष महत अघिल्लो निर्वाचनमा वडा नम्बर ४ को वडाध्यक्षमा पराजित भएका थिए ।

रामेछापको लिखु तामाकोसीमा अध्यक्ष कांग्रेस, उपाध्यक्षमा एमाले

उपाध्यक्षमा भने एमालेकी दिपा पाख्रिन विजयी भएकी छन् । पाख्रिन ४ हजार १ सय २६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी सरस्वती खड्का गुरुङले ३ हजार ९ सय ३३ मत प्राप्त गरेकी थिइन् । उपाध्यक्ष पदमा विजयी पाख्रिन जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख थिइन् । उपप्रमुख पदबाट राजीनामा गरेर गाउँपालिकाको उपाध्यक्ष लडेकी हुन् ।

७ वटा वडा रहेको लिखु तामाकोसी गाउँपालिकामा अघिल्लो निर्वाचनमा १ वडाध्यक्ष र १ जना वडा सदस्यबाहेक सबै ३५ सिट एमालेले विजयी हासिल गरेको थियो । पहिले देखिनै एमालेको वर्चश्व रहेको उक्त पालिकामा कांग्रेसले ३० वर्ष पछि सफलता पाएको हो ।

प्रकाशित : जेष्ठ ४, २०७९ २३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?