कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लिसंखु पाखरमा माओवादीका राजु र एमालेकी मिठुदेवी निर्वाचित

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको लिसंखु पाखर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राजु लामा (तामाङ) ३ हजार ९२५ र एमालेकी उपाध्यक्ष मिठुदेवी लामा ३ हजार २५१ मत ल्याएर विजयी भएका छन् । लामाका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जेठा तामाङले ३ हजार १९ र एमालेका सूर्यबहादुर लामाले २ हजार ७२७ मत ल्याएका छन् ।

लिसंखु पाखरमा माओवादीका राजु र एमालेकी मिठुदेवी निर्वाचित

मिठुदेवीकी प्रतिस्पर्धी माओवादी केन्द्रकी राममाया तामाङले ३ हजार १०६ र कांग्रेसकी बबिता योञ्जनले २ हजार ८३० मत ल्याएर पराजय बेहोरेका छन् ।

राप्रपाका चक्रबहादुर केसीले ११०, साइँलीमाया तामाङले ८४ मत ल्याएर पछि परे । यी मुख्य दलबाहेक एकीकृत समाजवादी शम्शेर शाक्य, अनिता लामा, विवेकशील साझा पार्टीका दिपकप्रसाद उप्रेती, तामाङसालिङ लोकतान्त्रिक पार्टीका मानराज मोक्तान, नेपाल मजदुर किसान पार्टीका गणेशराज खरेल, जनता समाजवादी पार्टीका विकास तामाङ, श्वेता लामा प्रतिस्पर्धामा थिए ।

स्थानीय तह ०७४ को निर्वाचनमा एमालेका कमल नेपालसँग केही मतले पराजित लामाले यसपटक दोहोरिएर त्यही पदमा बाजी मारेका हुन् । जिल्लाभरको तीन नगर र नौ गाउँपालिकामध्ये बाह्रबिसे, मेलम्ची नगरसहित हेलम्बु, भोटेकोसी ,त्रिपुरासुन्दरी गापा कांग्रेसले जितेको छ । यसअघि चौतारा साँगाचोकगढी नगरसहित लिसंखुपाखर, जुगल, बलेफी गाउँपालिका माओवादी केन्द्रले जितिसकेको छ । एमालेले भने इन्द्रावती गाउँपालिकामात्रै जित्न सफल भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकामा भने मतपत्र हराएको विवादबारे अझै छलफल भइरहेकाले मतगणना अघि बढ्न सकेको छैन् भने सुनकोसी गापामा मतगणना हुँदैछ ।

प्रकाशित : जेष्ठ ४, २०७९ २३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?