कालिञ्‍चोकमा गठबन्धन विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिञ्‍चोकमा गठबन्धन विजयी

केदार शिवाकोटी

दोलखा — दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकका अर्जुन शिवाकोटी विजयी बनेका छन् । शिवाकोटी ५ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशले ४ हजार ६ सय ७३ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी विजयी भएका छन् । उनले ७ हजार ७ सय १८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कविता थामीले ४ हजार ९ सय ७१ मत प्राप्त गरिन् । कालिञ्चोकका ९ वडामध्ये वडा नं–१ मा नेकपा एमालेका उम्मेदवार विजयी भए भने अन्य ८ वडामा माओवादी केन्द्र र नेपाली कांग्रेसले समान ४ वडामा विजयी भएका छन् ।


प्रकाशित : जेष्ठ ४, २०७९ २२:५४
प्रतिक्रिया
पठाउनुहोस्

तामाकोसीको अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी

केदार शिवाकोटी

दोलखा — दोलखाको तामाकोसी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रोणप्रताप केसी निर्वाचित भएका छन् ।

केसीले ५ हजार ४ सय ९० मतसहित निकटम प्रतिस्पर्धी नेकपा एमालेका अभिषेक सुवेदीलाई पराजित गरेका हुन् । सुवेदीले ३ हजार २ सय १० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसकी सिर्जना सुवेदी विजयी भएकी छन् । उनले ५ हजार ४ सय ४१ मत ल्याइन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी अम्बिका पोखरेलेले ३ हजार ३ सय १५ मत प्राप्त गरिन् । अध्यक्षमा निर्वाचित केसी एकीकृत समाजवादीका जिल्ला सचिवसमेत हुन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×