१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रौतहटको मौलापुर नगरपालिकामा एमाले विजयी 

शिव पुरी

रौतहट — रौतहटको मौलापुर नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेकी रिनाकुमारी साह ५ हजार ५ सय ६४ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि चुनिएकी हुन् । साहको निकटतम प्रतिद्वन्द्वी नेकपामा माओवादी केन्द्रका रामप्रवेश राय यादवले ३ हजार ६२ मत प्राप्त गरे ।

रौतहटको मौलापुर नगरपालिकामा एमाले विजयी 

उपमेयरमा एमालेकै नागेन्द्रप्रसाद यादवले ४ हजार ९ सय १४ मत पाएर निर्वाचित भए । यादवका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिनाकुमारी साह ३ हजार ४ सय ४ मत पाए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख साह रौतहटको एकमात्र महिला नगरप्रमुख थिइन् ।

रौतहटमा अहिलेसम्म ५ नगरपालिकाको मतगणना सक्किएको छ । ७ वटा पालिकाको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनायो । ६ नगरपालिकामा बुधबार पुन: मतदान भएकाले मतगणना राति अबेरबाट सुरु हुने जनाइएको छ ।


प्रकाशित : जेष्ठ ४, २०७९ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?