कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सिद्धार्थनगर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

माधव ढुंगाना

भैरहवा — नेपाली कांग्रेसका इस्तियाक अहमद खान रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुखमा निर्वाचित भएका छन् । खानले ९ हजार १ सय ३४ मत ल्याए । उनको निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गरेका छन् । २०७४ सालको चुनाव जित्ने नेकपा एमालेका रामप्रसाद बस्याल ७ हजार ३ सय ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे । खान संविधानसभाका सभासद हुन् ।

सिद्धार्थनगर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

त्यसैगरी उपप्रमुखमा एमालेकी उमा अधिकारीले जित हासिल गरेकी छन् । अधिकारीले ८ हजार ८ सय १३ मत प्राप्त गरेकी छन् । अधिकारीको निकटतम प्रतिद्वन्द्वीमा राप्रपाकी विनिता गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरेकी छन् । २०७४ सालमा भएको स्थानीय तह चुनावमा सिद्धार्थनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुख एमालेले जितेको थियो ।

यस पटकको चुनावमा कांग्रेसले ५, एमालेले ४, राप्रपाले ३, जसपाले एक वटा वडाध्यक्ष जितेको छ । जसपाले वडा नम्बर १, राप्रपाले २, ३ र ४, कांग्रेसले ५, ६, ७, ८ र १३ एमाले ९, १०, ११, १२ को अध्यक्ष जितेको हो ।

प्रकाशित : जेष्ठ ४, २०७९ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?