१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सप्तरीको महादेवाबाट लोसपाको पहिलो जित

अबधेशकुमार झा

राजविराज — सप्तरी जिल्लाको महादेवा गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का सुनिलकुमार मण्डल निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि लोसपाकै अर्चनाकुमारी यादव निर्वाचित भएकी छन् । 

सप्तरीको महादेवाबाट लोसपाको पहिलो जित

अन्तिम मतपरिणामअनुसार अध्यक्षमा विजयी मण्डलले ४ हजार ५ सय ७० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपककुमार यादवले २ हजार २ सय ५ मत प्राप्त गरे । निवर्तमान अध्यक्ष रहेका दिपक ०७४ को निर्वाचनमा तात्कालीन फोरमबाट निर्वाचित भएका थिए । यसपटक जसपाले आफूलाई टिकट नदिने थाहा पाएपछि उनी मनोनयनको केही दिन अगाडि मात्र कांग्रेस प्रवेश गरेका थिए । यो पालिकामा जसपाका उम्मेदवार शिवनन्दन यादवले १ हजार ७ सय ४२ मत प्राप्त गरे ।

उपाध्यक्षमा ३ हजार ८ सय ६७ मत प्राप्त गरी लोसपाकी अर्चना विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुषमाकुमारी मण्डलले २ हजार २ सय ५३ मत प्राप्त गरिन् । कुल ६ वटा वडा रहेको महदेवा गाउँपालिकाको वडाध्यक्षमा लोसपा र कांग्रेस २–२ वडामा तथा माओवादी केन्द्र र जनमत पार्टी एक–एक वडाध्यक्षमा विजयी भएका छन् ।


प्रकाशित : जेष्ठ ४, २०७९ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?