३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बागलुङको काठेखोलामा कांग्रेसका थापा विजयी

प्रकाश बराल

बागलुङ — स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु थापा निर्वाचित भएका छन् ।

बागलुङको काठेखोलामा कांग्रेसका थापा विजयी

थापाले ७ हजार ७ सय ५० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका डिलबहादुर कार्कीले ६ हजार ३ सय ८३ मत ल्याए । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा ‘तिलक’ले ६ हजार ७ सय १२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कोपिला कुमारी पुनले ६ हजार ४ सय ४७ मत पाइन् ।

यहाँको वडा नम्बर १, ५, ६ र ८ नम्बरमा कांग्रेसले अध्यक्षले जितेका छन् । वडा नम्बर २, ३ र ७ एमालेले जित्यो । वडा नम्बर ४मा भने राजमोले जितेको छ । यहाँ कांग्रेस, राजमो, माओवादी र नेकपा एसको गठबन्धन थियो । एमालेले राप्रपासँग तालमेल गरेको थियो । यस अघि यहाँ एमालेले निर्वाचन जितेको थियो ।

प्रकाशित : जेष्ठ ४, २०७९ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?