२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कर्णालीका ६३ वटा स्थानीय तहको नतिजा सार्वजनिक

चाँदनी कठायत

वीरेन्द्रनगर — स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार बुधबार साँझसम्म कर्णालीका ६३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । प्रदेशका ७९ स्थानीय तहमध्ये कर्णालीका ६३ स्थानीय तहको नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

कर्णालीका ६३ वटा स्थानीय तहको नतिजा सार्वजनिक

अन्य १६ स्थानीय तहको मतगणना जारी छ । जारी मतगणनाअनुसार हालसम्म नेपाली कांग्रेसले प्रमुख पदमा अग्रता कायम गरेको छ । कांग्रेसले कर्णालीका २५ स्थानीय तहको प्रमुखमा जित हात पारेको छ ।

आयोगका अनुसार कर्णालीका १८ स्थानीय तहमा नेकपा माओवादी केन्द्रले जित हासिल गर्दा नेकपा एमाले १२ स्थानीय तहको नेतृत्व हात पार्न सफल भएको छ । यस्तै, नेकपा एकीकृत (समाजवादीले) ले तीन स्थानमा जित हात पार्दा स्वतन्त्र उम्मेदवारले कर्णालीका चार स्थानीय तहमा जितेका छन् ।

कांग्रेसले सुर्खेतको गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालिका तथा बराहताल गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका, महाबु गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा कांग्रेसले प्रमुख/अध्यक्ष पद हात पारेको छ । यस्तै, कालिकोटको नरहरिनाथ गाउँपालिका र तिलागुफा नगरपालिकामा प्रमुख पद कांग्रेसले जितेको छ ।

जाजरकोटको छेडागाड नगरपालिकामा प्रमुख तथा कुशे गाउँपालिका र शिवालय गाउँपालिकामा कांग्रेसले जितेको छ । जुम्लाको पातारासी गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा जितेको कांग्रेसले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जितेको छ । सल्यानको शारदा नगरपालिका, सिद्धकुमाख गाउँपालिका, कुमाख गाउँपालिका र त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।हुम्लाको खार्पुनाथ गाउँपालिकामा विजयी हासिल गरेको कांग्रेसले मुगुको मुगुम कार्मारोङ गाउँपालिका, छायाँनाथ रारा नगरपालिकामा जितेको छ ।

कर्णालीमा नेकपा माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा नेतृत्व हात पारेको छ । दैलेखको नौमुले गाउँपालिका, भगवतीमाई गाउँपालिका जितेको माओवादीले हुम्लाको नाम्खा, ताँजाकोट र सिमकोट गाउँपालिकामा विजयी भएको छ । यस्तै, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा माओवादीले जितेको छ । निर्वाचन आयोगका अनुसार माओवादीले कालिकोटको पलाँता गाउँपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिकामा विजयी हाँसिल गरेको छ ।

सल्यानको दार्मा गाउँपालिका र बनगाड कुपिन्डे नगरपालिकामा नेतृत्व हासिल गरेको माओवादीले जुम्लाको सिंजा गाउँपालिकामा जितेको छ । यसैगरी नेकपा एमालेले डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, सुर्खेतको भेरीगंगा नगरपालिका, चिंगाड गाउँपालिका, दैलेखको गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, नारायण नगरपालिका र आठबीस नगरपालिकामा जितेको छ ।

जाजरकोटको भेरी नगरपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकामा पनि एमालेले जितेको छ । सल्यानको कालीमाटी, छत्रेश्वरी गाउँपालिकामा पनि जितेको एमालेले जित हात पारेको छ ।

यस्तै, डोल्पाको काइके गाउँपालिकामा र छार्काताङसोङ गाउँपालिका एकीकृत समाजवादीका उम्मदेवार निर्विरोध भइसकेका छन् । सल्यानको कपुरकोट गाउँपालिकामा पनि समाजवादीले जितेको छ ।

कर्णालीका चार स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिका, डोल्पाको डोल्पोबुद्ध गाउँपालिका तथा जुम्लाको चन्दननाथ नगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले जितेका हुन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?