कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

उदयपुरको चौदण्डीगढीमा एमालेका लामा र दुलाल निर्वाचित

डिल्लीराम खतिवडा

उदयपुर — चौदण्डीगढी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका कालु लामा र उपमेयरमा एमालेकै मणिकादेवी दुलाल निर्वाचित भएका छन् । लामाले कांग्रेसका खग्रेन्द्र राईलाई ८ सय ५१ मतान्तरले पराजित गरेका हुन् । उनले ८ हजार ८ सय ६३ मत पाए भने कांग्रेसका राइले ८ हजार १२  मत पाए । राई चौदण्डीगढीका निवर्तमान प्रमुख हुन् ।

उदयपुरको चौदण्डीगढीमा एमालेका लामा र दुलाल निर्वाचित

उपमेयरमा निर्वाचित दुलालले ९ हजार ५ सय ६६ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसकी रिताकुमारी चौधरीले ७ हजार ७ सय ६० मत प्राप्त गरेकी छन । दुलालसँग पराजित चौधरीपनि चौदण्डीगढी नगरपालिकाकी निवर्तमान उपमेयर हुन् ।

१० वडा रहेको चौदण्डीगढी नगरपालकामा १, २, ४, ५, ७, ८, ९ र १० मा क्रमश सिताराम राई, हरिबहादुर खडका, लुंगराज राई, तुलसी ढकाल, केशव अधिकारी, भवनाथ कुमार मगर, प्रकास राउत र धर्मेन्द्रकुमार खडका विजयी भएका छन् । नगरको ३ र ६ नम्वर वडाध्यक्षमा काग्रेसका पशुराम राई र अमरबहादुर खडका विजयी भएको निर्वाचन अधिकृत महेश दाहालले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?