सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्षमा नेकपा एस विजयी

भरत जर्घा मगर

सिरहा — सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्षमा केदारथान यादव पुनः निर्वाचित भएका छन् । कांग्रेसका शत्रुधनप्रसाद साहलाई २६ मत अन्तरले पछि पार्दै नेकपा एकीकृत समाजवादी पार्टीका यादव निर्वाचित भएका हुन । २०७४ को स्थानीय तह निर्वाचनमा यादव नेकपा एमालेबाट अध्यक्ष निर्वाचित भएका थिए।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्षमा नेकपा एस विजयी

यादव ३ हजार ४ सय ७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शत्रुधनप्रसाद साहले ३ हजार ३ सय ८१ मत प्राप्त गरेका छन्।

गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसकी निलम यादव ३ हजार ४ सय ६२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका प्रमिला यादवले ३ हजार २ सय २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अनन्त पौड्यालले जानकारी दिए।

पलिकामा कांग्रेसले २, नेकपा एसले २ र जसपाले एउटा वडा जितेको छ । वडा नम्बर १ र २ मा क्रमशः कांग्रेसका सञ्जयकुमार यादव र तनुकलाल यादव विजयी भएका छन्।

नेकपा एसका तर्फबाट वडा नम्बर ३ मा भोगेन्द्र यादव र वडा नम्बर ५ मा विशेश्वरप्रसाद यादव निर्वाचित भएका छन्। वडा नम्बर ४ मा भने जनता समाजवादी पार्टी नेपालका रमेशकुमार यादवले जित हात पारेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?