कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुरको वेलकामा कांग्रेसका कार्की र एमालेकी राई निर्वाचित

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको वेलका नगरपालिकामा नेपाली कांग्रेसका अशोक कार्की प्रमुख र उपप्रमुख नेकपा एमालेकी जीरा राई निर्वाचित भएका छन् ।

उदयपुरको वेलकामा कांग्रेसका कार्की र एमालेकी राई निर्वाचित

बुधबार दिउँसो सम्पन्न मतगणनामा नगरपालिकाको प्रमुखमा कांग्रेसका अशोक कार्की निर्वाचित भएका छन् । उपप्रमुख एमालेकी जीरा राई निर्वाचित भएकी हुन् । कार्कीले एमालेका दुर्गकुमार थापालाई ३ हजार १ सय ४० को मतान्तरले पराजित गरेका हुन् । प्रमुखमा निर्वाचित कार्कीले १० हजार १ सय २० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी थापाले ६ हजार ८ सय ५ मतमात्र पाए ।

थापा वेलका नगरपालिकाका निवर्तमान प्रमुख हुन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचमा अहिले निर्वाचित कार्कीलाई ५ सय ५२ मतले पछाडी पादै विजयी भएका थिए । अहिले उनै थापलाई कांग्रेसका कार्कीलाई ३१४० मतले हराउँदै नगरपालिका प्रमुख निर्वाचित भएका छन् ।

नगरपालिका उपप्रमुखमा निर्वाचित एमालेकी राईले ८ हजार २ सय ७६ मत पाइन । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रका मनोज तामाङले ७ हजार ४ सय ९५मत प्राप्त गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचन वेलकामा एमालेका थापाले बहुमत सदस्यसहित विजय हासिल गरेको थियो ।

९ वडा रहेको बेलकामा १,३ ४ र ९ नम्बरको वडाध्यक्षमा कांग्रेसका क्रमशः दिनेश्वर चौधरी, टकप्रसाद आर्चाय, तीर्थराज अधिकारी निर्वाचित भएका छन् । नगरको २, ५ र ६ नम्बर वडाध्यक्षमा क्रमशः एमालेका प्रेमबहादुर दाहाल, दिपकराज रेग्मी र बसन्तकुमार मगर निर्वाचित भए । ७ र ८ नम्बर वडामा माओवादी केन्द्रका निकेस राई र जयकुमार राई विजयी भएको निर्वाचन अधिकृत जनकराज पन्तले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?