कांग्रेसको आधार क्षेत्र सुनवर्षी नगरपालिकामा एमालेको पहिलो जित

विनोद भण्डारी

विराटनगर — कांग्रेसको गढका रुपमा मानिएको मोरङको सुनवर्षी नगरपालिकामा एमालेले पहिलो पटक जित दर्ता गरेको छ । यहाँको नगर प्रमुखमा एमालेका श्याम राजवंशी र उपमेयरमा मिरादेवी दास केवरत विजयी भएका छन ।

कांग्रेसको आधार क्षेत्र सुनवर्षी नगरपालिकामा एमालेको पहिलो जित

राजवंशीले ८ हजार ६ सय ३९ मतले विजयी दर्ता गर्दा कांग्रेसका यज्ञ कार्कीले ६ हजार ९५२ मत ल्याए ।

त्यसैगरी उपमेयरमा एमालेकी केवरतले ८ हजार ३ सय ८३ मत ल्याउँदा कांग्रेसकी विमलादेवी केवरतले ७ हजार ४२७ मत प्राप्त गरिन् ।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले मेयर उपमेयरसहित वहुमत वडा जितेको थियो । मोरङको क्षेत्र नं २ मा पर्ने सुनवर्षी नगरपालिका क्षेत्र यसअघि कांग्रेसको आधार क्षेत्र मानिन्थ्यो ।

यस क्षेत्रबाट गिरिजाप्रसाद कोइराला र आमोदप्रसाद उपाध्ययाले २०४६ यताका निर्वाचन जितेका थिए । अहिले यो क्षेत्रबाट मिनेन्द्र रिजाल संघीय सांसद छन् । यो नगरमा टिकट वितरण गर्दा रिजालले राम्रा नभई आफना व्याक्ति छनोट गर्दा एमालेले इतिहास रचेको असन्तुष्ट कांग्रेसीहरुको गुनासो छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?