कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुधौलीको मेयरमा माओवादीका अधिकारी विजयी

राजकुमार कार्की

सिन्धुली — दुधौला नगरपालिकाको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार विजयी भएका छन् ।

दुधौलीको मेयरमा माओवादीका अधिकारी विजयी

उपमेयरमा कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन् । मेयरमा निर्वाचित अधिकारी दनुवारले १५ हजार ८ सय ३८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण कार्कीले १० हजार ६ सय ५२ मत मात्र प्राप्त गरे ।

उपमेयरमा कांग्रेसका थारुले १४ हजार २ सय १३ मत प्राप्त गर्दा एमालेकी बालकुमारी अधिकारी दनुवारले १० हजार ६ सय ११ मत पाइन् ।

१४ वटा वडा रहेको दुधौलीमा १, ३, ४, ५, ६, ७ र ८ नम्बर वडामा कांंग्रेस २, ९, १० र ११ नम्बर वडामा एमाले र १२, १३, १४ माओवादी केन्द्रले जित हासिल गरेका छन् ।


प्रकाशित : जेष्ठ ४, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?