कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

धनकुटाको सहिदभूमि गाउँपालिकामा एमाले विजयी

धनकुटा — धनकुटाको सहिदभूमि गाउँपालिकाको अन्तिम मतगणनाअनुसार अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

धनकुटाको सहिदभूमि गाउँपालिकामा एमाले विजयी

एमालेबाट अध्यक्ष पदका उमेदवार मनोज राई ४ हजार २ सय १४ मतका साथ विजयी भएका छन् । उनले गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईलाई पराजित गरेका हुन् । पराजित गठबन्धन उम्मेदवार राईले ४ हजार २७ मत प्राप्त गरेको निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।

यसैगरी उपाध्यक्षमा पनि एमालेकै रत्नश्वरी राई विजयी भएकी छिन् । उनले ४ हजार ६ सय ७२ मत प्राप्त गरिन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तोर्णबहादुर खड्काले ३ हजार ३ सय ७१ मत प्राप्त गरेका छन् ।

धनकुटाको सहिदभूमि गाउँपालिका-६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालयका ३ वटा मतदान केन्द्रमा स्थगित भएको मतदान गत सोमबार सम्पन्न भएको थियो । सोही दिन रातिदेखि थालिएको मतगणना आज अपरान्ह सम्पन्न भएको छ । विजयी दुवै अध्यक्ष र उपाध्यक्ष पुनः दोस्रो कार्यकालका लागि सोही पदमा निर्वाचित बनेका हुन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?