तुलसीपुर उपमहानगरपालिकामा मतगणना रोकियो

दुर्गालाल केसी

दाङ — प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा तुलसीपुर उपमहानगरपालिकामा मतगणना रोकिएको छ । निर्वाचन अधिकृतले पाँचदलीय गठबन्धनका पाँच जना प्रतिनिधि र एमालेको एउटा मात्रै प्रतिनिधि राख्ने भनेपछि केही बेरअघि विवाद उत्पन्न भएको हो ।

तुलसीपुर उपमहानगरपालिकामा मतगणना रोकियो

भित्र पसेका प्रतिनिधिलाई बाहिर निकालिएपछि एमाले कार्यकर्ताले नाराबाजी गरेका थिए । नाराबाजीपछि मतगणना रोकी सर्वदलीय छलफल गर्न थालेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए । धेरै भीडभाड नहोस् भनेर प्रतिनिधि घटाउन खोज्दा होहल्ला भएपछि मतगणना रोकिएको र अहिले छलफल चलिरहेको उनले जानकारी दिए । तुलसीपुरमा मंगलबार रातीदेखि मात्रै मतगणना सुरु भएको थियो ।

तुलसीपुर–१७ मा एमालेका वडा अध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि वैशाख ३० को मतदान जेठ ३ मा सरेको थियो । मंगलबार वडा नं. १७ मा मतदान सकेपछि मतगणना सुरु भएको हो । तुलसीपुरमा १ र २ नं. वडामा मतगणना भइरहेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?