पर्साको ठोरीमा एमालेका श्रेष्ठ विजयी


वीरगन्ज — पर्साको ठोरी गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा गोकुलीकुमारी रेग्मी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुशील साह कानुले जानकारी दिए ।

४ हजार ४९ मत ल्याएका श्रेष्ठले माओवादी केन्द्रका पदम लाल श्रेष्ठ (पिएल) लाई ७ सय १६ मतले पराजित गरेका छन् ।
निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका माओवादीका पिएलले ३ हजार ३२९ मत प्राप्त गरेका छन् । ४ हजार २५९ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएकी एमालेकी गोकुली कुमारी रेग्मीले माओवादी केन्द्रकी उम्मेदवार निरु तामाङलाई एक हजार २१६ मतले पराजित गरेकी हुन् ।
तामाङले तीन हजार ४३ मत ल्याएकी छन् । निर्वाचन अधिकृत साहका अनुसार ५ वटा वडा रहेको ठोरी गाउँपालिकामा एमालेले तीनवटा र कांग्रेस/माओवादीले एउटा/एउटा वडामा विजयी हासिल गरेका छन् ।
प्रकाशित : जेष्ठ ४, २०७९ १६:३८