कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा दुई  महिला वडाध्यक्षमा निर्वाचित

मकवानपुर — स्थानीय तह सदस्य निर्वाचनमा अहिलेसम्म मकवानपुरमा २ महिला वडा अध्यक्षमा विजयी भएका छन् ।

मकवानपुरमा दुई  महिला वडाध्यक्षमा निर्वाचित

हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार जिल्लाको ८१ वडामध्ये २ वटा वडामा महिला अध्यक्ष निर्वाचित भएका हुन् । मकवानपुरको बकैया–५ मा लक्ष्मी जिम्बा र बकैया–१० मा कमलाकुमारी वाइवा वडा अध्यक्षमा निर्वाचित भएका छन् । जिम्बाले एमालेका लालबहादुर जिम्बालाई २७८ मत अन्तरले जितेकी हुन् भने वाइवाले एमालेका कमलकुमार घलानलाई २५४ मतले जितेकी हुन् ।

दुवैलाई नेपाली कांग्रेसले वडा अध्यक्षको उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा उतारेको थियो । कांग्रेसले वडाको सिफारिसको आधारमा 'पपुलर'लाई टिकट दिने नीति अवलम्बन गर्दा जित हात पारेको दाबी कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले बताएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?