कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लमजुङको मध्यनेपालको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

आश गुरुङ

लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखममा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन् ।

लमजुङको मध्यनेपालको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

एमाले उम्मेदवार राजकुमार श्रेष्ठलाई ३ सय ३७ मतले हराउँदै पाण्डे विजयी भएका हुन् । रमेशकुमारले ६ हजार ५ सय ५१ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले ६ हजार २ सय १४ मत पाएको निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले बताए ।

उपप्रमुखमा एमालेकी सीता गुरुङले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई १ हजार ३ सय ४२ मत अन्तरले हराउँदै विजयी भएकी छन् । सीताले ६ हजार ४ सय १६ मत प्राप्त गरिन् । उपेन्द्रले ५ हजार ७४ मत पाए ।

प्रमुखका दाबेदार राप्रपाका प्रतापशाली घिमिरेले २ सय ५१, स्वतन्त्रका प्रभुराज घिमिरेले २१ र मंगोल नेश्नल अर्गनाइजेशनका महेन्द्र गुरुङले १९ मत पाएका छन् । उपप्रमुखका प्रत्यासी राप्रपाका शोभा रानागरमले ४ सय ४७, स्वतन्त्रका नारायणबहादुर कुँवरले ८५ र जसपाका गेहराज पौडेलले १ मत पाएका छन् ।

वडाअध्यक्षका कांग्रेस उम्मेदवारहरु वडा नं. २ मा पदमबहादुर थापा, ३ मा केशव न्यौपाने, ४ मा रामबहादुर श्रेष्ठ, ५ मा ओमवीर गुरुङ, ७ मा हिरा गुरुङ, ९ मा महेशकुमार पाण्डे र १० मा रामचन्द्र भण्डारी गरी ७ जना निर्वाचित भएका छन् । एमालेतर्फ वडा नं. १ मा सुदीप थापा, ६ मा विष्णुभक्त पौडेल र ८ मा चन्द्रप्रसाद गुरुङ एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?