कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कावासोतीमा मतगणना गर्न माग गर्दै एमालेको नारावाजी

नारायण शर्मा

पूर्वी नवलपरासी — नेकपा एमालेले कावासोती नगरपालिकामा रोकिएको मतगणना सुरु गर्न माग गर्दै निर्वाचन कार्यालय अगाडि नारावाजी गरेको छ । एमालेका नेता कार्यकर्ताले मत ‘गणना सुरु गर, नागरिकको मतको सम्मान गर’ भन्दै नाराबाजी गरेका छन् । 

कावासोतीमा मतगणना गर्न माग गर्दै एमालेको नारावाजी

वडा नम्बर १२ मा दलीय प्रतिनिधि र निर्वाचनका कर्मचारीले टिपेको मतसंख्या फरक परेको बिषयमा बिवाद बढदै गएपछि गएराति ११ बजेवाट कावासोतीको मत गणना रोकिएको छ ।

कांग्रेसका मेयरका उम्मेदवार महेन्द्र पोख्रेल सहितले मतगणनामा कर्मचारीले मनपरी गरेको आरोप लगाउँदै मतगणना रोक्न माग गरेका थिए । त्यसैको आधारमा निर्वाचन कार्यालयले मतगणना रोकेको छ । कावासोतीमा वडा नम्बर ८, ९, १० र ११ को मत गणना गर्न बाँकी रहेको छ । अन्य वडामा गरिएको मतगणनामा एमालेले बहुमतसहित अग्रता लिइरहेको छ । कांग्रेस हार्दै गएपछि मतगणना रोकेको एमालेको आरोप छ ।

मतगणनाको काम निर्वाचन निर्देशिका अनुसार नै भइरहेको र कुनै गडबढ नभएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताए । उनले निबेदन आएको जानकारी दिँदै त्यो निबेदन आयोगलाई पठाइसकेको जानकारी दिए । कावासोतीमा कांग्रेस मेयर, उपमेयर सहित फराकिलो मतान्तरले पछि परेको छ ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दलहरुका प्रतिनिधिसँग छलफल गराएर पुनःगणना सूचारु गरिने बताए ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?