रुपन्देहीको देवदहमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

अमृता अनमोल

बुटवल — रुपन्देहीको देवदह नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा एमालले जीत हासिल गरेको छ । प्रमुखमा ध्रुव खरेलले १२ हजार ९ सय ४३ मत ल्याए ।

रुपन्देहीको देवदहमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ३ सय २३ मत पाए । खत्री यसअघिका नगरप्रमुख हुन् ।

यस्तै, उपप्रमुखमा एमालेकी विद्यालक्ष्मी गुरुङले जीत हात पारेकी छन् । उनले १३ हजार ७ सय ८४ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुन्दरी गिरीले ७ हजार २ सय ९० मत ल्याएकी छन् । गुरुङ यसअघिकी उपप्रमुख हुन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?