कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गोरखा नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णबहादुर राना र उपमेयरमा कांग्रेसकी मसली माया थोकर पुन विजयी वनेकी छिन् । १ हजार आठ सय ५६ मतान्तरसहित राना विजयी बनेका हुन् ।

गोरखा नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

८ हजार ९ सय ६४ मत ल्याएर राना विजयी बने । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उमेदवार बनेका राजनराज पन्त ७ हजार १ सय ८ मत ल्याएर पराजित बने । २०७४ को निर्वाचनमा पनि राना र पन्त प्रतिस्पर्धी थिए । २०७४ को निर्वाचनमा गोरखा नगरपालिकामा कांग्रेसले मेयर र उपमेयर जितेको थियो ।

त्यस्तै उपमेयरमा विजेता बनेकी थोकरले ७ हजार ४ सय ५३ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी(जसपा) का नारायण खत्रीले ६ हजार ७ सय १८ मत ल्याएर पराजित बने । गोरखा नगरपालिकामा माओवादी र जसपाबीच मेयर र उपमेयरमा चुनावी तालमेल भएको थियो ।

१४ वडा रहेको गोरखा नगरपालिकामा १, २, ९, १०, १२ र १३ नम्वर वडा कांग्रेस, वडा नम्वर ४, ७, ८, ११ र १४ नम्वर वडा माओवादीले जितेको छ । वडा नम्वर ३ र ५ नम्वर वडामा नेकपा एमाले तथा वडा नम्वर ६ मा स्वतन्त्रबाट उमेदवारी दिएका वडा अध्यक्ष विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?