कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेस विजयी

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका देवबहादुर खाँण (ईश्वर) विजयी भएका छन् । नेकपा एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै खाँण विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । खाँणले ७ हजार ४ सय ९० मत ल्याउदा एमालेका कोइरालाले ६ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् । 

स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेस विजयी

यस्तै, उपप्रमुखमा कांग्रेसकै इशा राना विजयी भएकी छन् । प्रमुख प्रतिपक्षी एमालेका सृष्टि मल्ललाई १ हजार १३ मतले पछाडि पार्दै विजयी भएकी रानाले ७ हजार ४ सय १३ मत ल्याउँदा मल्लले ६ हजार ३ सय ७६ मत प्राप्त गरिन् ।

यसैगरी चापाकोट नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्ष पदमा एमालेका भुपराज वस्ती विजयी भएका छन् । त्यस्तै, २ नम्बर वडामा एमालेकै टीकाराम श्रेष्ठ, ३ मा कांग्रेसका जुटबहादुर राना, ४ मा कांग्रेसका अर्जुन खाँण, ५ मा कांग्रेसका बलनारायण श्रेष्ठ, ६ मा कांग्रेसका तारा पोखरेल, ७ मा एमालेका मोहन केसी, ८ मा कांग्रेसका तोपलाल न्यौपाने, ९ मा एमालेका कृष्ण सुवेदी र १० मा एमालेकै रामु कोइराला विजयी भएको निर्वाचन सचिवालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?