कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा माओवादीका उपाध्याय विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा माओवादीका उपाध्याय विजयी

मोहन बुडाऐर

धनगढी — कैलालीको पहाडी क्षेत्रमा पर्ने मोहन्या गाउँपालिकामा माओवादी केन्द्रका देवीदत्त उपाध्याय विजयी भएका छन् । उनले ४ सय १९ को मतान्तरमा एमालेका धरबहादुर थापालाई पाराजित गरे । उपाध्यायले ३ हजार १ सय ३४ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्द्वी धरबहादुर थापाले २ हजार ७ सय १५ मत प्राप्त गरे ।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसका कमलबहादुर साउद ३ हजार २ सय ८८ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी सरस्वती देवी रावल बिष्टले २ हजार २ सय १९ मत प्राप्त गरिन् । मोहन्याल गाउँपालिकामा २०७४को निर्वाचनमा एमालेले जितेको थियो ।

प्रकाशित : जेष्ठ ४, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्

एमालेका सुदूरपश्चिम इन्चार्ज भट्टका भाइ पराजित 

गोदावरी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
मोहन बुडाऐर

धनगढी — कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका वीरेन्द्र भट्ट विजयी भएका छन् । उनले  एमालेका  सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ मतान्तरले पराजित गरेका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा निर्वाचित भट्टले १५ हजार ५सय १ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गोकर्ण भट्टले ११ हजार २सय २४ मत ल्याए । गोदावरीको उपमेयरमा भने एमालेकी उम्मेदवार शारदादेवी रोकाया निर्वाचित भएकी छन् । उनले १० हजार ६ सय ७० मत ल्याइन् । गठबन्धन उम्मेदवार समाजवादीकी रत्ना कठायतलाई राेकायाले ६ सय ८७ मतले पराजित गरिन् । कठायतले ९ हजार ९ सय ८३ मत प्राप्त गरेकी छन् । गोदावरी नगरपालिका एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको चुनावी क्षेत्र समेत हाे ।

प्रकाशित : जेष्ठ ४, २०७९ १३:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×