२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कालीकोटको महाबैमा माओवादी-एमाले गठबन्धन विजयी

अध्यक्षमा माओवादीका खेमबहादुर सिंह र उपाध्यक्षमा एमालेका दानसिंह सेजुवाल विजयी
तुलाराम पाण्डे

कालीकोट — कालीकोटको महाबै गाउँपालिकामा माओवादी एमाले गठबन्धन दोब्बर मतले विजयी भएको छ । माओवादी र एमाले गठबन्धनका तर्फबाट पालिका अध्यक्षमा माओवादी केन्द्रका युवा नेता खेमबहादुर सिंह २ हजार २ सय ७७ मत ल्याएर विजयी भएका छन् ।

कालीकोटको महाबैमा माओवादी-एमाले गठबन्धन विजयी

उनका निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीसँग गठबन्धन गरेको कांग्रेसका मातृका सिंहले १ हजार १ सय ३९ मत पाए ।

उपाध्यक्षमा एमालेका दानसिंह सेजुवाल २ हजार २ सय ७२ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-समाजवादी गठबन्धनका उम्मेदवार सुजन शाहीले ८ सय २१ मत मात्र पाए । सत्ता गठबन्धनले महाबै गाउँपालिका कांग्रेसलाई दिएपछि अध्यक्षको आकांक्षी रहेका खेमबहादुर सिंहले एमालेसँग तालमेल गरेर चुनाव लडेका थिए । ०७४ को चुनावमा माओवादी हराउन कांग्रेस-एमाले गठबन्धन भएको महाबैमा यस पटक माओवादी-एमाले गठबन्धन भएको हो ।

त्यतिबेला जिल्लामै माओवादीको गढ मानिएको महाबैमा माओवादी हराउन एमाले-कांग्रेस गठबन्धन गरेर माओवादीलाई हराएका थिए । महाबै एमाले नेता प्रेमबहादुर सिंह र समाजवादीका जिल्ला उपाध्यक्ष चित्र सिंहको गृहपालिका हो ।

प्रकाशित : जेष्ठ ४, २०७९ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?