कञ्चनपुरको दोधारा चाँदनी नगर प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरको दोधारा चाँदनी नगर प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एमालेका किशोरकुमार लिम्बु निर्वाचित भएका छन् । उपप्रमुखमा कांग्रेसकी गंगादेवी जोशी निर्वाचित भएकी छन् । 

लिम्बुले ७ हजार १०४ मत ल्याउँदै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालदत्त भट्टले ६ हजार १ सय ७२ मत प्राप्त गरे ।

उपप्रमुखमा विजयी जोशीले ६ हजार ३ सय ६५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी खिमा चन्दले ५ हजार ८ सय २२ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चनपुरको बेलौरीको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका पोतीलाल चौधरी विजयी भएका छन् ।

८ हजार ७ सय ८७ मत प्राप्त गर्दै चौधरी मेयरमा विजयी भएका हुन् भने उपमेयरमा एमालेका जोगराम चौधरी विजयी भएका छन् । उपमेयरमा निर्वाचित जोगरामले ७ हजार ५ सय ८३ मत ल्याए । मेयरमा एमालेकी कुमारी कमला बोहराले ६ हजार ८ सय ३ मत ल्याइन् । त्यस्तै उपमेयरमा माओवादीकी मन्जु शाह ६ हजार ८ सय ३५ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×