कञ्चनपुरको दोधारा चाँदनी नगर प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एमालेका किशोरकुमार लिम्बु निर्वाचित भएका छन् । उपप्रमुखमा कांग्रेसकी गंगादेवी जोशी निर्वाचित भएकी छन् । 

कञ्चनपुरको दोधारा चाँदनी नगर प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

लिम्बुले ७ हजार १०४ मत ल्याउँदै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालदत्त भट्टले ६ हजार १ सय ७२ मत प्राप्त गरे ।

उपप्रमुखमा विजयी जोशीले ६ हजार ३ सय ६५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी खिमा चन्दले ५ हजार ८ सय २२ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?